अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २३, मंगलवार १८:१९

नेकपा एमाले जिल्ला अधिवेशनमा पुनः झडप भएको छ । झडपमा केही एमाले कार्यकर्ता घाइते भएका छन् । एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबीच झडप भएको हो । झडपका क्रममा एक अर्कालाई रड प्रहार गरेका हुन् ।

रड प्रहारबाट राजन यादव, सत्यनारायण महासेठ र महेश दासको टाउको फुटेको छ । अन्य कैयौं कार्यकर्तालाई सामान्य चोट लागेको छ । अधिवेशनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि त्यहाँको अवस्था तनावग्रस्त छ ।

विधान विपरीत परेको उम्मेदवारी खारेज गरेर शान्तिपूर्ण ढंगले मतदान प्रक्रिया अगाडी बढाउनुपर्ने अरगरिया पक्षको अडान थियो । तर रघुवीर समूहले उम्मेदवारी खारेज गराउन नहुने भन्दै तोडफोडमा उत्रेपछि झडप भएको अधिवेशन प्रतिनिधिहरु बताउँछन् ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला संस्कृति भवनको सभाहलभित्र सुरुमा कुटाकुट भएको थियो । कुटाकुटपछि अरगरिया समूह भित्रै धर्ना बसेका थिए भने रघुवीर समूह बाहिर प्रदर्शन गरिरहे ।

कुटाकुटपछि दुबै पक्षका नेताहरु छलफलमा बसेका बेला बाहिर पुनः झडप भएको अध्यक्षका उम्मेदवार लक्ष्मीनारायण यादवले बताए । उनले भने, ‘भित्रबाट बाहिर निस्किने वित्तिकै हाम्रो पक्षका कार्यकर्तालाई कुट्न थालेको छ ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार