महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीकी ज्योती सात महिनाअघि जनकपुरधाम उपमहानगरपालिका–१३ का किसन साहसँग विवाह भएको र विवाहका बेला ससुरा पक्षले मोटरसाइकल लिने सहमति जनाए पनि समयमा नदिएको भन्दै उनीमाथि अत्याचार भएको र अन्ततः हत्या गरेर झुन्डाएको परिवारको दाबी छ।
गत सोमबार माइतीबाट ससुराल गएकी ज्योती जनकपुरको प्रादेशिक अस्पतालमा मृ’त भेटिइन्। शवमा चोटपटक, भाँचिएको हात र कनपटीमा गम्भीर चोटको चिन्ह देखिएको जनाइएको छ।
प्रहरीले श्रीमान् किसन साहलाई पक्राउ गरिसकेको छ भने सासु पनि पक्राउ परेकी थिइन्, तर वडाध्यक्षको जमानतमा रिहा गरिएको बताइएको छ।
मृतक ज्योती गर्भवती थिइन् भन्ने पनि परिवारजनको दाबी छ। यसबीच धनुषा प्रहरी र ससुरा पक्षले भने घटनाबारे स्पष्ट धारणा दिन अस्वीकार गरेका छन्।





