अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २३, मंगलवार १५:१४

जनकपुरधाम ।

मैथिलीका गायक रोशन मण्डलले आफ्नै काकाको छोराले आफूलाई घरबारविहिन बनाउने प्रपञ्च रचिरहेको आरोप लगाएका छन् । मिथिला विहारी नगरपालिका वडा नम्बर ३का गायक रोशनले काकाको छोरा रमेश मण्डलले घरबारविहिन बनाउन लागि परेको आरोप लगाए । रमेश मधेस प्रदेशको प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलका ज्वाई हुन् ।

मिथिला बिहारी नगरपालिका–३ बस्ने सभामुख मण्डलका ज्वाई रमेश मण्डलमाथी गायक रोशन मण्डल र उनको श्रीमति मिलन देवी मण्डलले यस्तो आरोप लगाएका हुन् । रोशन मण्डल र उनका श्रीमति मिलनले जनकपुरधाम स्थित पत्रकार सम्मेलन गरी आफूहरुलाई घरबारविहीन बनाउन प्रताडित गर्ने गरिएको आरोप लगाए ।

मण्डल दम्पत्तीले भने‘दिनहुँ आफ्नो घरमा बियरको बोतल, माटो फ्याक्ने गरेका रमेशले आज दिशाको पोका बनाएर फ्याके यो अति भएपछि आज हामीहरु तपाईहरु समक्ष आएका छौं ।’

पटक–पटक यस्ता क्रियाकलाप भए पछि आफूहरुले प्रहरी चौकी तारापट्टि सिरसियामा निवेदन दिएपछि प्रहरीकै सामू आफूहरुमाथि हातपात भएको र प्रहरी समेत केही गर्न नसकेको मण्डल दम्पत्तीको आरोप छ । ससुरा सभामुख रहेका कारण प्रहरी प्रशासन समेत आफूहरुको गुनासो नसुनेको र आफ्नो ज्यानको खतरा रहेको उनीहरुले बताए ।

आफूहरुले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई यस विषयमा पटक–पटक जानकारी गराउँदा पनि उनले त्यहाँबाट घरबार बेचेर अन्यत्र जान सुझाएको तर आफ्नो ज्वाईलाई सम्हालन नसकेको उनीहरुको आरोप छ । उनीहरुले भने–‘गाउँमा पार्टी पोलिसि भएपनि आफूहरुले रामचन्द्र मण्डललाई सहयोग गरेको तर, आज हामीहरुलाई गाउँ छोड्न उनले पनि दवाव दिएका छन् ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार