अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २३, मंगलवार १५:१२

काठमाडौं ।

विवाहको विषयमा विवाद हुँदा हत्या गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–५ घर भएका ३६ वर्षीय सिकेन्द्रप्रसाद चौहान छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका चौहानविरुद्ध कर्तव्य ज्यानको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । पोखरिया–६ का ३३ वर्षीय धर्मेन्द्रप्रसाद चौहानको पोखरिया–५ कि निशा कुमारी चौहानसँग ४ वैशाख २०७६ मा विवाह भएको थियो । विवाह सम्पन्न भएपछि बेहुली बिदाइ गर्न नमानेको विषयमा केटा पक्ष र केटी पक्षबीच विवाद भएको थियो ।

यही रिसइबीलाई लिएर ९ वैशाख २०७९ को दिउँसो २ बजेतिर पोखरिया–४ उद्यान अंग्रेजी बोर्डिङ स्कुलको प्रांगणमा आपसमा झगडा भएको थियो । झगडाको क्रममा बेहुलाका बुवा शंकर प्रसाद महतो चाइको टाउकामा गम्भीर चोट लागेको थियो । उनको उपचारको क्रममा ११ असार २०७९ मा काठमाडौंस्थित शहिद गंगालाल अस्पतालमा मृत्यु भएको थियो । सोही घटनामा उनी पक्राउ परेका हुन्

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार