२०८२ बैशाख २३, मंगलवार १५:१०
जनकपुरधाम ।
धनुषा र सिरहालाई कमला नदीमा पानीको बहाव बढेपछि आवतजावत बन्द भएको छ । पहाडी भूभागमा पानी पर्दा कमला नदीमा पानीको बहाव बढेको हो । पानीको बहाव बढ्दा सो बाटो पूर्ण रुपमा अहिले बन्द भएको छ ।
कमला पूल क्षतिग्रस्त भएकाले पूल मुनि आवतजावतकालागि बाटो बनाइएको थियो । तर नदीमा पानीको बहाव बढेसंगै आवतजावत बन्द भएको स्थानीयले जनाएको छ ।





