अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २२, सोमबार १७:३४

काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषध सहित विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको छ ।

बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङस्थित सडकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने बस्तु २१ किलो ५ सय ६३ ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट नलगाड नगरपालिका-७ बस्ने ३७ वर्षीय भक्त बहादुर शाही र चितवन राप्ती नगरपालिका-११ आरपानी गाउँ बस्ने २७ वर्षीय कुमार तामाङ रहेका छन् । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले जाजरकोटबाट नेपालगंजतर्फ आउँदै गरेको लु.८० प १४६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङ, उर्लाबारी नगरपालिका-७ स्कुलडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने भोजपुर पौवादुङमा गाउँपालिका-२ घर भएका २३ वर्षीय आशिष राईलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

धादिङ, थाक्रे गाउँपालिका-२ महादेववेशीबाट अवैध लागूऔषध चरेश करिब १८ किलो ४ सय ४८ ग्राम सहित मकवानपुर थाहा नगरपालिका- ८ बस्ने ८० वर्षीय सेते घलान समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने ३० वर्षीय सुरेश चौधरी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०१-०१२ प ४२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ९ सय मिलिग्राम सहित सोलुखम्बु नेचा सल्यान गाउँपालिका-५ घर भएका ३० वर्षीय दिपक राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रौतहट, चन्द्रपुर नगरपालिका-१० बडेर्वा टोलस्थित मेडिकल पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ५ सय २० ट्याब्लेट सहित मेडिकल संचालक सोही ठाउँ बस्न मौलापुर नगरपालिका-४ घर भएका २९ वर्षीय जितेन्द्र कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले मेडिकल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

 

यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान  अगाडि  बढाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार