अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २२, सोमबार १२:०१

एजेन्सी । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच बढिरहेको विवादबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले बैठक राख्दै छ ।
समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार सुरक्षा परिषद्ले पाकिस्तान र भारतबीचको वर्तमान अवस्थाबारे ’बन्द कोठा’मा छलफल गर्नेछ । संयुक्त राष्ट्र सुरक्षा परिषद्मा हुने बन्द ढोकाको छलफल सार्वजनिक गरिँदैन ।
आइतबार पाकिस्तानको विदेश मन्त्रालयले पहलगाम आक्रमणपछि यस क्षेत्रमा भएका पछिल्ला घटनाक्रमबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई जानकारी गराउने निर्णय गरेको बताएको छ । विज्ञप्तिमा भनिएको छ– पाकिस्तानका विदेशमन्त्री इशाक दारले संयुक्त राष्ट्र संघका लागि पाकिस्तानका स्थायी प्रतिनिधि राजदूत असिम इफ्तिखारलाई सुरक्षा परिषद्को बैठक बोलाउन निर्देशन दिएका छन् ।
अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा आतंककारीहरूले २६ जनाको हत्या गरे, जुन २०१९ मा पुलवामा भएको आक्रमणपछि सबैभन्दा घातक हमला हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार