अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २१, आईतवार १५:४६

काठमाडौं ।

भारतको ओडिसा रहेको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत भेटिएको विषयमा राष्ट्रिय सभाले सरकारको ध्यानाकर्षण गरेको छ ।

यो विषयलाई सांसदहरूले आकस्मिक र शून्य समयमा उठाएका थिए । त्यसपछि सभाध्यक्ष नारायण दाहालल पनि सभाकै तर्फबाट सरकारको ध्यानाकर्षण गरेका हुन् ।

छात्रावासको कोठामा झुण्डिएको अवस्थामा प्रिसा साहको शव भेटिएको घटनाप्रति सभाको गम्भीर ध्यानाकर्षण भएको सभाध्यक्ष दाहालले बताए । ‘एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अत्यन्तै दुखःद पक्ष हो’, सभाध्यक्ष दाहालले भने । यस्तो घटना दोहोरिन नदिन नेपाल र भारत दुवै सरकारले पहल लिनुपर्ने उनको आग्रह छ । यो घटनामा निश्पक्ष छानबिनका लागि उनले आग्रह गरे ।

‘ … घटनाको कारण गहिराइमा पुगेर खोज्न र आगामी दिनमा यस्ता घटना नघट्ने वातावरण बनाउन र यस घटनाको विषयमा निष्पक्ष रुपमा सत्य तथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु’, अध्यक्ष दाहालले भने ।

सुरक्षित र निर्भिकताका साथ पढ्ने वातावरण बनाउन समेत संसद्ले सरकारको ध्यानाकर्षण गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार