अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २१, आईतवार १३:०८

काठमाडौँ ।

चालु आर्थिक वर्षमा भारतबाट नेपालमा भएको धान र चामलको आयात दोब्बरले बृद्धि भएको छ । भारतले चामल निर्यातमा लगाएको कर हटाउनु र त्यहाँको भण्डारण स्थानान्तरणको चक्र एकैपटक परेकाले आयातमा तीव्र वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको भन्सार तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा धान–चामलको आयात झन्डै दोब्बर पुगेको सरकारी अधिकारीहरूले जनाएका छन् । कृषि विभागका अनुसार भारतले सन् २०२४ को अक्टोबरमा चामल निर्यातमा रहेको कर हटाएपछि नेपाली व्यापारीहरू सस्तो मूल्यको फाइदा उठाउँदै ठूलो मात्रामा चामल भित्रयाउन थालेका हुन् ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार भारतमा खाद्य भण्डारण स्थानान्तरण चक्र अन्तर्गत पुराना बाली विस्थापनको समय पनि यही वर्ष परेकोले थप चामल निर्यात भएको हुनसक्ने अनुमान गरिएको छ । “सस्तो मूल्यको मौका पारेर व्यापारीहरूले मागभन्दा बढी आयात गरेका छन्,” सञ्जेलले बताए ।

नेपालमा वार्षिक ७२ लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि चालु वर्ष करिब ६० लाख मेट्रिक टन उत्पादन हुने सरकारी अनुमान छ, जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले बढी हो । त्यसैगरी, प्रति हेक्टर उत्पादन पनि अघिल्लो वर्षको ३.८ मेट्रिक टनबाट बढेर ४.२ मेट्रिक टनमा पुगेको छ ।

भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा चामलको आयात २२ अर्ब र धानको आयात ८ अर्ब रुपैयाँ बराबर थियो । तर चालु वर्षको मध्य वैशाखसम्ममै चामलको आयात १८ अर्ब र धानको आयात १६ अर्ब रुपैयाँ नजिक पुगेको छ ।

भारत हाल विश्वको सबैभन्दा ठूलो चामल निर्यातकर्ता हो, जसको विश्व व्यापारमा ४० प्रतिशत हिस्सा छ । नेपालले भारतसँगै चीन, भियतनाम, अमेरिका, दक्षिण कोरिया र थाइल्यान्डबाट पनि चामल आयात गर्दै आएको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार