अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २०, शनिबार १७:१२

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयको निर्णय अनुसार नै गैरआवासीय नेपाली संघको एकता महाधिशेन भएको बताएकी छन् ।

एनआरएनएको उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री देउवाले एकता महाधिवेशनमा जोडिन सबै पक्षलाई आग्रह गरेकी छन् ।

‘हामीलाई एउटै मात्रै एनआरएनएलाई चिन्छौं । मेरो मन्त्रालयले यसलाई नै गर्छ,’ उनले भनिन्,‘सबै यसमा नै जोडिनुस् । अलग अलग हुँदैन । यो नै आधिकारिक हो ।’

सर्वोच्च अदालतको परमादेशबाट पुनर्स्थापित भएको शेष घले नेतृत्वको उच्चस्तरीय समितिले महाधिवेशन गराएको हो ।

‘सर्वोच्चको आदेश भएपछि परराष्ट्र औपचारिक निर्णय गरी शेष घलेलाई महाधिशेन गराउन जिम्मा दिएको हो । हामीले दिएको सुझाव अनुसार आज हामी यो ठाउँमा आएको हो । यो एनआरएनएको एकताको लागि हो । अदालतले पनि मिलेर नै जान बनेको छ । तपाईंहरु मिल्ने भए आउँछु भनेको हो,’ उनले भनिन्,‘ यसमा धेरै राजनीति छिराउनु हुँदैन । यहाँ राजनीतिले मात्रै देश चल्दैन । तपाईंहरु आफ्नो भातृसंस्थामा राजनीति गर्नुस् । तर, एनआरएनएमा आएर नगर्नुस् ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार