अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २०, शनिबार १७:०७

एजेन्सी । यही अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतभर आतंककारीविरुद्ध आक्रोश छ ।

उक्त घटनाको दोष भारत सरकारले पाकिस्तानलाई लगाइरहेको छ । यसैबीच भारतीय राज्य कर्नाटकका एक मन्त्रीको अभिव्यक्ति यतिबेला चर्चामा छ । कर्नाटकका अल्पसंख्यक मामिला मन्त्री बीजेड जमिर खान भिडिओमा बोलिरहेका छन् ।

जसमा उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले अनुमति दिए भने आत्मघाती बम बोकेर आफैँ पाकिस्तानसँग लड्न जाने बताइरहेका छन् । शुक्रबार पत्रकार सम्मेलनमा मन्त्री खानले पाकिस्तान सधैँ भारतको शत्रु रहेको बताए ।

यस क्रममा उनले प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहसँग आफूलाई आत्मघाती बम उपलब्ध गराउन अनुरोध गरे । उनले भने, ‘म युद्धका लागि पाकिस्तान जान्छु, प्रधानमन्त्री मोदी र अमित शाह मलाई आत्मघाती बम दिनुहोस्, म त्यसलाई शरीरमा बाँधेर पाकिस्तान जान्छु र उनीहरूमाथि आक्रमण गर्छु ।’

जम्मु–कश्मीरको पहलगामस्थित बैसरन उपत्यकामा अप्रिल २२ मा आतंककारीहरूले गरेको आक्रमणमा २६ निर्दोष मानिस मारिए । जसमा एक नेपाली पनि परे । मारिएकामा अधिकांश पर्यटक थिए । यस आक्रमणको जिम्मेवारी लश्करको एउटा गुट द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले लिएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार