अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १९, शुक्रबार १६:५१

सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा संविधानको समीक्षा गर्ने र कमजोरीलाईलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ।

‘संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गर्ने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेत्वमा सरकार बनाउँदा भएको ७ बुँदे सहमतिमा संविधान संशोधनको काम अघि बढाउने उल्लेख गरिएको थियो। तर, सरकार बनेको लामो समयसम्म पनि यसमा काम नगरेको भन्दै सरकारको आलोचना भइरहेको थियो।

त्यस्तै नीति तथा कार्यक्रममा संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण गर्ने र यसविरुद्धका गतिविधिको प्रतिवाद गर्ने समेत उल्लेख गरिएको छ।

‘संविधान र संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरण गर्ने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘यसका विरुद्धमा हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार