अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १८, बिहीबार १९:०१

वीरगञ्‍ज। पर्सामा एक युवाको अपहरण भएको छ । अपहरण आरोपमा नाबालकसहित चार जना पक्राउ परेका छन् ।

बारा कलैया उपमहानगरपालिका–१८ बस्ने २६ वर्षीय सुधीरप्रसाद साहको अपहरण परेका हुन् । मंगलबार उनलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्सा वीरगञ्‍ज महानगरपालिका–१२ मुर्ली बस्ने २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका–३ बस्ने २४ वर्षीय सिकेन्द्र साह र एक नाबालक रहेका छन् ।

सुधीरलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित घरमा बन्धक बनाई राखेको अवस्थामा सकुशल उद्दार गरी अपहरणमा सलंग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि जिल्ला अदालत पर्साबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार