अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १८, बिहीबार १०:५०

जनकपुरधाममा निर्माणाधिन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य अन्योलमा परेको छ । गुठी संस्थानले रंगशाला निर्माणका लागि लिजमा दिने जग्गाको वार्षिक भाडा ४९ लाख ९० हजार रुपैयाँ मागे गरेपछि निर्माण कार्य नै अन्योलमा परेको छ ।

 

गुठी संस्थानको पूर्वाधार विकास तथा सम्पदा संरक्षण शाखाले वैशाख ११ गते मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयलाई पत्र पठाउँदै उक्त भाडा दरमा लिज सम्झौता गर्न अनुरोध गरेको थियो। जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित करिब १७ बिघा क्षेत्रफलको तैनाथी जग्गा रंगशाला निर्माणका लागि लिजमा दिन माग गरिएको छ ।

 

 

गुठी संस्थानले ‘गुठी तैनाथी घरजग्गा लिज तथा बहालमा दिने निर्देशिका २०७८’ अनुसार वार्षिक भाडा तोकिएको बताएको छ । यसका साथै लिज अवधिभर प्रत्येक दुई वर्षमा भाडा १० प्रतिशतले बढ्ने व्यवस्था गरिएको छ। अधिकतम २५ वर्षका लागि मात्र लिज सम्झौता गर्न सकिने गुठीले जनाएको छ ।

 

यसअघि २०७४ मंसिर ३ गते राष्ट्रिय खेलकुद परिषद् र गुठीबीच वार्षिक ९ लाख रुपैयाँमा भएको सम्झौता परिषद्ले रकम नबुझाएपछि रद्द गरिएको थियो । त्यसपछि प्रदेश सरकार र स्थानीय तहको सक्रियतामा पुनः लिज प्रक्रिया अघि बढाइएको थियो । जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज कुमार साहले गुठी संस्थानको भाडा मागले विकासमा अवरोध पु¥याएको भन्दै आपत्ति जनाए ।

 

यसबीच जनकपुरधाम उपमहानगरपालिकाले हालसम्म रंगशाला निर्माणमा डेढ करोड रुपैयाँ खर्च गरिसकेको छ भने मधेश प्रदेश सरकारले दुई अर्ब रुपैयाँको बजेट सुनिश्चित गरिसकेको छ । पूर्वमुख्यमन्त्री सरोज कुमार यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला एक अर्ब रुपैयाँको घोषणा गरेका थिए, जुनमा प्रदेश सरकारले थप एक अर्ब थपेको छ ।

 

गुठी संस्थानको माग र प्रदेश सरकारको निर्णयबीच सहमति नजुट्ने हो भने जनकपुरधामवासीको बहुप्रतीक्षित रंगशाला सपना फेरि अधुरै रहन सक्ने स्थानीयवासीले टिप्पणी गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार