अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १६, मंगलवार १३:३९

काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको मानव अधिकार अवस्था प्रतिवेदनमा सन २०२३ देखि सन २०२४ सम्म १६ हजार बढी घरेलु हिंसा भएको उल्लेख छ ।
बाल विवाह, बाल श्रम र छाउपडी (महिनावारी हुँदा महिला र किशोरीहरूलाई झुपडीमा एक्लै बस्न बाध्य पार्ने प्रथा) लाई कानुनी रूपमा निषेध गरिएको छ । तथापि, महिला र बालिकाविरुद्धका हानिकारक अभ्यास र यौनजन्य तथा लिङ्गमा आधारित हिंसा जारी रहेको प्रतिवेदनले औंल्याएको छ ।
१७ जुनमा अछाममा महिनावारी हुँदा राखिएको एउटा झुपडीमा १६ वर्षीया किशोरी बलात्कृत भएको विषयलाई उदाहरणको रूपमा राखिएको छ । अर्को उदाहरणको रूपमा ‘आफ्नै घरमा काम गर्ने १० वर्षीया बालिकालाई तीन वर्षभन्दा बढीसमयदेखि बारम्बार बलात्कार गरेको आरोपमा जुलाईमा एक प्रहरी निरीक्षकलाई पुर्पक्षका लागि थुनामा राखिएको’ विषयलाई प्रस्तुत गरिएको छ ।
‘जुलाई २०२३ र जुन २०२४ का बीच प्रहरीले १६ हजारभन्दा बढी घरेलु हिंसाका घटनाहरू अभिलेख गरेको थियो’ प्रतिवेदनमा भनिएको छ, ‘सामाजिक कलंक र प्रणालीगत व्यवधानहरूका कारण धेरै घटनाहरू एकदमै कम मात्रमा रिपोर्टमा आए ।’
नेपालमा छुवाछुत लगायत जातीय विभेद निरन्तर जारी रहेको एमनेस्टी इन्टरनेसनलले औंल्याएको छ ।
कानुनी संरचनाहरूका बाबजुद जातीय हिंसामा विद्यमान व्यापक दण्डहीनताले दलित र विशेषगरी दलित महिला तथा बालिकाहरूका लागि न्याय प्राप्तिमा रहेका अवरोधहरू थप गम्भीर बनेको निष्कर्ष निकालिएको छ ।
‘एकजना दलित युवकसँगको सम्बन्धका कारण आफ्नी १५ वर्षीया छोरीको हत्या गरेको आरोपमा जनवरीमा एक पुरुषलाई पक्राउ गरिएको थियो । ६ जुनमा सिराहाको मिर्चया नगरपालिका–७ का दलित बस्तीहरूमा पिउने पानी र विद्युत जस्ता अत्यावश्यक सेवाहरूको अभाव रहेको सम्बन्धी रिपोर्टहरू सार्वजनिक भए’ प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार