अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १६, मंगलवार ०९:२९

नागरिक उन्मुक्तिसँगको पार्टी एकतालाई अन्तिम रूप दिन मंगलबार जनमत पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बैठक बोलाएको छ।

केन्द्रीय कार्यकारिणी समितिको बैठक बैठक आज साँझ ५ बजे पार्टी कार्यालय मध्यबानेश्वरमा बस्नेछ।

बैठकमा विधान प्रतिस्थापन समितिको मस्यौदा तथा पार्टी एकाताबारे छलफल हुनेछ।

जनमत र नाउपाबीच बुधबार पार्टी एकता हुँदैछ। यी दुई दल विगत एक महिनादेखि पार्टी एकताको गृहकार्यमा छन्।

पार्टी एकतालाई अन्तिम रूप दिन नाउपाको केन्द्रीय समिति सोमबार बसेको थियो थियो। बैठकमा विधान प्रतिस्थापन समितिले तयार पारेको विधान मस्यौदामाथि छलफल भएको थियो।

एकीकृत पार्टीको नाम, नेतृत्व, नीति, चुनाव चिह्न र पार्टीको झन्डासमेत टुंगो लागिसकेको छ।

एकीकृत पार्टीको अध्यक्ष सिके राउत हुनेछन्। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्षको भूमिकामा हुनेछिन्। नाउपा संरक्षक रेशम चौधरीको वरीयताक्रम पहिलो हुनेछ। राउत दोस्रो वरीयतामा र श्रेष्ठ तेस्रो वरीयतामा हुनेछिन्।

पार्टीको नाम नागरिक जनमत पार्टी रहनेछ।

झन्डा आयाताकार कलेजी रङको पृष्ठभूमिमा सेतो पिँध सहितको ढकिया हुनेछ। चुनाव चिह्न ढकिया नै राख्ने सहमति भइसकेको छ। केन्द्रीय समितिको आकार सात सय सदस्यीय हुने टुंगो लागिसकेको छ। पार्टीको मूल सिद्धान्त सामुदायिक समाजवाद, प्रत्यक्ष निर्वाचित कार्यकारी, विज्ञहरू सम्मिलित गैरसांसद मन्त्री रहने व्यवस्था, प्रधानन्यायाधीशसहित संवैधानिक अंगका प्रमुखहरू जनताबाटै चुनिनुपर्ने, प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, प्रदेश प्रमुख हुनुपर्ने र त्यहाँ पनि मन्त्रीहरू गैरसांसद र सानो आकारको प्रदेश सभा हुनुपर्ने लगायत मान्यता उनीहरूले अघि सारेका छन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार