अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १५, सोमबार १०:०६

जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको तीनकुने घटनामा कांग्रेस सह–महामन्त्रीका छोरा पक्राउ गरी बिना कारबाही छोडिएको भन्नेबारे विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

सो घटनामा त्यस्तो कुनै पनि व्यक्तिलाई प्रहरी परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जनाएका छन्।

चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुने-कोटेश्वर क्षेत्रमा प्रदर्शन भएको थियो। सो क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाट भएको थियो।

शुक्रबार प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनले भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि पक्राउ परेको बताएका थिए।

‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेको छ। किन तुरून्तै छोड्नुभयो?,’ उनले प्रश्न गरे, ‘तपाईंको नेताको छोराले रक्सी लिएर गयो। उसले ल्याएको मान्छेले रक्सी खान्न मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो। पछि भिडिओ हेरेर प्रहरीले पक्रियो। पक्रिँदा त नेताको छोरा रहेछ, नेताको छोरालाई छोड्नुभयो ल्याएको मानिस छुटेन। यो कुरा सार्वजनिक गरिदिन्छु भनेपछि दुई घन्टाभित्र तपाईंहरूले छोड्नुभयो, त्यस कारण त्यो सत्यतथ्य सार्वजनिक हुन जरूरी छ।’

आइतबार भने जिल्ला प्रहरी परिसर, काठमाडौंले विज्ञप्ति जारी गर्दै यो कुरामा सत्यता नभएको बताएको हो।

pr-1745766006.jpeg

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार