अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १५, सोमबार ०९:५८

जनकपुरधाम । मधेस प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका तत्कालिन निर्देशक श्रवणकुमार मिश्रसहित ५ जनाविरुद्ध भ्रष्टाचारजन्य कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ ।
मधेस प्रदेशको सामाजिक विकास मन्त्रालय तथा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आर्थिक वर्ष २०७८÷०७९ मा मधेस प्रदेशका ६४ वटै स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापनाकालागि भएका खरिद सम्झौताहरुमा सार्वजनिक खरिद नियमावली, २०६४ मा भएको व्यवस्था बमोजिम खरिद कार्यको गुरु योजना नबनाई तथा पूर्व सम्भाव्यता अध्ययनसमेत नगरी अत्याधिक मूल्य तिरेर आपूर्ती गरेको भन्दै तत्कालिन निर्देशक मिश्र, वरिष्ठ ल्याव अधिकृत उमेश चौधरी, लेखा अधिकृत अमरदीप महतो, ल्याब एसिस्टेण्ट कर्मशील प्रसाद गोप, मेडिकल ल्याव टेक्नोलोजिष्ट मनमोहन मिश्र, ल्याब टेक्निशियन रामउदगार यादव र सेभेन हिल्स प्रा.लि. सिनामंगल काठमाडौँका संचालक अनिल शाहविरुद्ध अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।
अख्तियारले उपयुक्त खरिद विधिसमेतको पहिचानसमेत नगरी नगराई बजेट माग गरिएको, खरिद आवश्यकताको पहिचान एवं उल्लेखित उपकरणहरु जडान हुने भनिएको स्थानीय तहको जनसंख्या र बिरामीको चाप र उपकरणको क्षमता बिश्लेषण नै नगरी खरिद कार्य गरेको, खरिद गरिएका उपकरण कुन कुन पालिकामा जडान गरिने हुन भन्ने नखुलेको, आपूर्तिकर्ता सेभेन हिल्स प्रा.लि., सिनामंगल, काठमाडौंसँग मिलेमतो गरी बदनियतपूर्वक स्वीकृत स्पेसिफिकेशन र बोलपत्रमा कबोल भए विपरीत माग गरिएको भन्दा कम फिचरहरु भएतापनि स्पेसिफिकेशन बमोजिम नै सामाग्री आपूर्ति भएको आरोप पत्रमा उल्लेख गरेको छ । सामाग्रीहरु स्वीकार गरी अस्वाभाविक रुपमा बढी मूल्य तिरेको र कम मूल्यका मालसामानहरु स्पेसिफिकेशन बमोजिम नै रहेको भनी गलत प्रतिवेदन पेश गरी भुक्तानीको लागि सिफारिस गरी गराई सेभेन हिल्स प्रा.लि., काठमाडौँलाई ५ करोड १ लाख ९० हजार ८० रुपैयाँ भुक्तानी गरिएको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार