अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १४, आईतवार १८:०१

सप्तरीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

कंचनरूप नगरपालिका-१० बदगामास्थित पूर्वपश्चिम राजमार्गमा आइतबार मध्याह्न बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार प्र १-०१-००१ ख ३४२० नं.को बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।

बसमा रहेका एक जना पुरूष र एक जना महिलाको मृत्यु भएको हो। उनीहरूको पहिचान खुलेको छैन। अर्का मृतक सप्तकोशी नगरपालिका-१का ७५ वर्षीय रक्तबहादुर मगरातिको पहिचान खुलेको छ।

शव गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा पठाइएको छ। अन्य २२ जना घाइते छन्। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

दुर्घटनापछि चालक मेचिनगर-७ का ४७ वर्षीय अमृत दर्जी फरार भएका थिए। उनलाई पछि इलाका प्रहरी कार्यालय कंचनपुरको टोलीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी माधवप्रसाद काफ्लेका अनुसार चालकसँग सोधपुछ भइरहेको छ।

‘पैदलयात्रीलाई जोगाउन खोज्दा आफै पल्टिएको भनेको छ चालकले। अरू पनि केकारणले दुर्घटना भएको हो अनुसन्धान गर्दैछौं,’ उनले भने।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार