अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १४, आईतवार १७:५८

जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले यादवलाई हिरासतमा राख्नुको कारण देखाउन जिल्ला प्रहरी परिसर ललितपुरका नाममा आदेश जारी गरेको हो ।

यादवलाई गत वैशाख ७ गते प्रहरीले सप्तरीको राजविराजबाट पक्राउ गरेको थियो । ललितपुर प्रहरीमा उनीविरुद्ध  ठगी र आपराधिक विश्वासघात गरेको भन्दै जाहेरी दर्ता भएको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको थियो । हाल म्याद थप गरि गरलाई परिसरको हिरासतमा राखिएको छ ।

यादवको तर्फबाट श्रीमती ललिताकुमारी यादवले शुक्रबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार