२०८२ बैशाख १४, आईतवार १४:५६
सर्लाही जिल्लाको विष्णु गाउँपालिका–३, मधुवन गोठ टोलमा घरेलु विवादले ज्यान लिएको छ। खाना खान नदिएको विषयलाई लिएर सबिब पासवानले आफ्नै भाइको पत्नी ३६ वर्षीया रिना पासवानलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पिडित रिना पासवानका दुई छोरा र दुई छोरी छन्। घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन् भने प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
यो घटना घरेलु हिंसाले कति भयावह रूप लिन सक्छ भन्ने उदाहरण बनेको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएको छ।





