अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १४, आईतवार १४:५४

काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउन आग्रह गरेका छन् ।

संसदको आजको बैठकमा बोल्दै सांसद ढकालले सो आग्रह गरेका हुन् । नेपाल सरकारले यही  मे १६ देखि १८ सम्म काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादको तयारीमा सांसदहरुलाइ पनि परिचालन गरियोस भन्दै सुझाब दिने क्रममा सो धारणा राखेका हुन् ।

‘पहिलो,  हिमाली देशहरूको वास्तविकता र आवश्यकतालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन फ्रेमवर्क कन्भेन्सनको नीतिगत एजेन्डामा स्थान दिन सकोस् र नेपाललाई वातावरणीय कूटनीतिमा सशक्त बनायोस  ।  हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको गम्भीर र तीव्र प्रभावहरूबारे अन्तरराष्ट्रिय समुदायमा जागरुकता अभिवृद्धि गरोस,’ उनको सुझाव रहेको छ, ‘दोश्रो, हिमाली क्षेत्रका राष्ट्रहरूबीच जलवायु परिवर्तनले पारिरहेको बहुआयामिक प्रभावको विषयमा साझा समझदारी विकास गरोस ।

 

‘तेश्रो, समावेशी तथा न्यायपूर्ण जलवायु नीतिहरू निर्माण प्रक्रियामा हिमाली राष्ट्रहरूको प्रभावकारी सहभागिता सुनिश्चित गरोस । नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ को  रुपमा विकास गरोस्,’ उनको थप सुझाव रहेको छ, ‘चौथो, जलवायु सङ्कटसँग जुझ्न विकासोन्मुख राष्ट्रहरूलाई आवश्यकपर्ने जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासका क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गरोस ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार