अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १३, शनिबार १३:०६

सरकार र आन्दोलनरत शिक्षकबीच आज बिहान भएको वार्ता निष्कर्षविहिन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा मन्त्री रघुजी पन्तसहित बसेको बैठक विना निष्कर्ष सकिएको हो ।

 

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछि यो पहिलो वार्ता हो । हिजो दिउँसो मन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै बेलुका शिक्षकका केही प्रतिनिधि सिंहदरबार पुगेका थिए । तर औपचारिक वार्ता र छलफल भएन ।

 

 

आजको वार्तापछि नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुका माग र आन्दोलनबारे जानकारी गराउने काम मात्रै भएको तर यो छलफल र सम्वादलाई निरन्तरता दिने बताउनुभयो ।

 

साथै उहाँले वार्ता ठोस निष्कर्षमा नपुग्दासम्म आफूहरुको आन्दोलन नरोकिने पनि बताउनुभएको छ । अर्को बैठक कहिले बस्ने टुङ्गो लागेको छैन ।

 

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत्र २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका छन् ।

 

शिक्षकहरु आन्दोलनमा रहँदा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना, पठनपाठनसँगै एसईईको उत्तरपुस्तिका परीक्षण र अस्ति बिहीवारदेखि शुरू हुनुपर्ने कक्षा १२ को परीक्षामा प्रत्यक्ष असर गरेको छ ।

 

सर्वोच्च अदालतले अस्ति बिहीवार तीन दिनभित्र विद्यालयमा पठनपाठनको वातावरण मिलाउन आदेश दिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार