अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १३, शनिबार १३:०३

जनकपुरधाम ।

समाचारको विषयलाई लिएर संचारकर्मीलाई धम्काइएको भन्दै नेपाल पत्रकार महासंघ मधेस प्रदेश तथा नेपाल पत्रकार महासंघ धनुषाले आपत्ति जनाएको छ ।

खबरहब डटकमका जनकपुरधाम सम्वाददाता सुमित मिश्रलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले समाचारको विषयलाई लिएर फोनमार्फत धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वैशाख १२ गते खबरहब डटकममा ‘भाटभटेनी लुटपाटमा पक्राउ परेका थिए कांग्रेस सह–महामन्त्री यादव पुत्र’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर साँझ एसपी तिवारीले पत्रकार मिश्रलाई फोन गरी साइबर अपराधको उजुरी परेको भन्दै तत्काल प्रहरी कार्यालयमा हाजिर हुन, माफी माग्न र समाचार हटाउन दबाब दिएको पत्रकार मिश्रले जानकारी गराएका छन् । धम्कीपूर्ण शैलीमा गरिएको फोन संवादमा तिवारीले यस्तो नगरेमा मुद्दा दर्ता गरी पक्राउ गर्ने चेतावनीसमेत दिएका थिए ।

पत्रकार मिश्रले उक्त समाचार आफूले नलेखेको र खबरहब डटकमको केन्द्रीय समाचार कक्षबाट समाचार सम्प्रेषण गरिएको स्पष्ट पारेका छन् । यस्तै, खबरहब डटकमको मुख्य कार्यालयले समेत समाचार आफ्नो तर्फबाट प्रकाशन भएको पुष्टि गरेको छ ।

नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो क्रान्तिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “समाचारप्रति असहमति वा आपत्ति भए कानुनी उपचारका प्रक्रिया खुला छन् । प्रेस काउन्सिल नेपालजस्ता नियमनकारी निकायमार्फत वा अदालतमार्फत न्याय खोज्न सकिन्छ ।” महासंघले प्रहरीले पत्रकारलाई अपराधी सरह व्यवहार गर्दै धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार