अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १३, शनिबार १०:२७

आज पनि मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो लहर अर्थात हिट वेभको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन निकालेर तातो लहरको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

केही दिनदेखि तराईका भेगमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी देखिएको र आज पनि अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको हो ।

 

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्छ ।

 

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, चर्को घाममा बाहिर ननिस्किन, हल्का तथा सुतीको कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न अथवा टोपी लगाउन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सल्लाह लिन महाशाखाले आग्रह गरेको छ ।

 

यसैबीच भोलि बेलुकीदेखि प्रिमनसुनी प्रणाली फेरि सक्रिय हुने र पानी पर्ने मौसमविदले बताएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागमा कार्यरत मौसमविद विनोद पोखरेलका अनुसार भोलि र पर्सि देशको पूर्वी र मध्य भेगमा पानी पर्नेछ ।

 

पर्सि सोमवार पूर्वदेखि पश्चिम चितवन र लुम्बिनीसम्म पानी पर्ने सम्भावना छ । सोमवार काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने मौसमविदले बताएका छन् । यसले बढ्दो तापक्रम नियन्त्रण गर्न सहयोग पुग्ने मौसमविदको

अनुमान छ ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार