अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १२, शुक्रबार १६:४२

जनकपुरधाम । सिरहामा युवाहरूले प्रादेशिक अस्पताल सिरहामा चरम भ्रष्टाचार, अनियमितता, सेवामा लापरबाही तथा बिरामीमाथिको शोषणविरुद्ध आवाज उठाउँदै स्थानीय युवाहरूले अस्पताल सुधारका लागि आन्दोलन सुरु गरेका छन् ।
यसै क्रममा, युवाहरूको एक समूहले अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) सुनिल कुशवाहाको कार्यकक्षमा तालाबन्दी गरेका छन् । आन्दोलनकारीहरूका अनुसार अस्पतालमा व्यापक सुधार गर्नुपर्ने भन्दै १७ बुँदे मागसहित तीन दिन अगाडि अल्टिमेटम दिइएको थियो । तर, मागप्रति कुनै चासो नदिएको भन्दै बाध्य भएर तालाबन्दी गर्नुपरेको उनीहरूको भनाइ छ ।
सिरहाली युवाहरूले अस्पतालमा व्यापक अनियमितता भएको गम्भीर आरोप लगाएका छन् । उनीहरूका अनुसार अस्पतालमा बिरामीले पाउनु पर्ने निःशुल्क औषधी र सेवा सुविधाबाट वञ्चित भइरहेका छन् । अस्पताल प्रशासन औषधी खरिदमा समेत कमिसनको चलखेलमा मुछिएको आरोप लागेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार