अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ११, बिहीबार १८:२६

डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बिच एकता घोषणा हुने निश्चित भएको छ । एकताको सबै तयारी पुरा भएको र वैशाख १७ गते दुई पार्टीबिच एकता घोषणा हुने जनमत पार्टीका अध्यक्ष सिके राउतले बताएका छन् ।

उनले नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता दुवै पार्टीको बिचमा हुन लागेको बताए ।  ती दुवै पार्टीका बिचमा एकताका लागि करिब डेढ दुई वर्षदेखि प्रयास भइरहेको थियो ।

यसअघि दुई पार्टीका बिचमा कार्यगत एकताका लागि मोर्चा समेत बनेको थियो । अन्ततः दुवै पार्टीको बिचमा एकता हुने निश्चित भएको छ ।  नयाँ बन्ने पार्टीको कार्यकारी अध्यक्षमा डा.सिके राउत रहनेछन् भने संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको स्रोतले जनाएको छ । केन्द्रीय सदस्यहरू आधा–आधा राख्ने सहमति भएको स्रोतले जनाएको छ । पार्टीको नाम ‘जनमत पार्टी’ रहनेछ भने चुनाव चिन्ह ढकिया हुनेछ ।

जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो फेसबुकमा लेखेका छन्– ‘धेरै  पार्टी/शक्तिहरूको अहिले निद्रा उडेको छ ।  किनकि आन्दोलन र जनताको बिचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ ।’

तर विगत सात आठ महिनादेखि शक्तिशाली भएको देख्न नचाहने तत्त्वले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई तहसनहस गर्न लागेको उनले आरोप लगाएका छन् । त्यसका लागि विभिन्न शक्ति लागि परेको उनको आरोप छ ।

उनले भनेका छन्, ‘परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधन स्रोत प्रयोग गरेर होस्, कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूस्ताहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरिद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राउ गराइदिने धम्की होस्,  कुनै पनि कसर  बाँकी राखेका छैनन् ।

तर आफूहरू नआत्तिएको बताउँदै उनले जनताको भावना र आकाङ्क्षा अनुसार पार्टी एकता हुन गइरहेको बताएका छन् ।  पार्टी एकता भएपछि सङ्घीय संसदमा जनमत पार्टीको १० सिट हुनेछ । हाल जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ ।

दुवै पार्टीका बिचमा एकता भइसकेपछि पूर्वको कमान्ड सिके राउतले गर्नेछन् भने पश्चिमको कमान्ड रेशम चौधरीले गर्ने सहमति भएको बताइएको छ । पूर्वी मधेसमा सिके राउतको पार्टी बलियो छ भने पश्चिम मधेसमा रेशम चौधरीको पार्टी बलियो छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार