अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ११, बिहीबार १०:०६

रौतहट, १० बैशाख। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १५ जना प्रतिवादी लाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत मंगलवार प्रहरीले १५ जनालाई जिल्लाको बिभिन्न स्थानवाट पक्राउ गरेको हो ।

जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई दण्ड सजाय तोकिएर फरार रहेका उनीहरुलाई फैसला कार्यान्वयन अन्तर्गत पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा कुटपिट मुद्दाका विकास कुमार साह कलवार, मुन्ना भन्ने सरोज साह कलवार, शोभा देवी, लालबती देवी, नागरिकता मुद्दामा गेनालाल साह, किर्ते जालसाजी मुद्दामा असर्फी प्रसाद साह, सरस्वती देवी, बन पैदावार हानी नोक्सानी मुद्दामा सिताराम राय रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखानालाई बताए ।

 

त्यसैगरी, अन्य पक्राउ पर्नेहरुमा बहुविवाह मुद्दाका गणेश खड्का, जालसाजी मुद्दामा रामकिशोर मुखिया, बन मुद्दामा कृष्णकुमार साह, अभद्र ब्यवहार मुद्दाका उमाकान्त राय यादव, देव कुमारी यादवनी, धीरज पटेल, रिना देवी लगायत रहेको प्रवक्ता रायले जानकारी दिएका छन् ।

पक्राउ प्रतिबादीहरुबाट कुल ५ बर्ष,५ महिना १५ दिन कैद र १ लाख २० हजार,२९३ रुपैयाँ जरिवाना असुलका लागी बुधवार जिल्ला अदालत रौतहटमा उपस्थित गराईएको जिल्ला प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान प्रभावकारी देखिएको छ भने अभियान अन्तर्गत यस आर्थिक बर्षमा हालसम्म १ हजार भन्दा बढी मानिस पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार