अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १०, बुधबार १३:२१

सप्तरीको सुरुंगा नगरपालिका–७ स्थित हरिपुर रामटोलकी १८ वर्षीया पूजाकुमारी रामको शंकास्पद मृत्यु घटनामा न्याय प्रक्रिया ढिलाइ भएको भन्दै दलित अधिकार क्षेत्रमा क्रियाशील तीन संस्थाले प्रधानमन्त्रीको नाममा ज्ञापनपत्र बुझाएका छन् ।

मंगलबार नेपाल राम समाज, राष्ट्रिय हरवाचरवा अधिकार मञ्च र जनचेतना दलित संगमका प्रतिनिधिहरूको संयुक्त टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

नेपाल राम समाजका केन्द्रीय अध्यक्ष प्रथमलाल रामले पूजाको रहस्यमय मृत्युपछि एक सातासम्म पनि दोषी पत्ता नलाग्नुले राज्य संयन्त्रको उदासीनता प्रकट गरेको आरोप लगाए । उनले पूजाकुमारीको घटना केवल एक युवतीको मृत्यु नभई यो समग्र दलित महिलामाथि भइरहेको हिंसा र त्यसप्रति राज्यको उदासीनताको गम्भीर संकेत गरेका छन् ।

सो मागपत्रमा पूजाको हत्याको निष्पक्ष र पारदर्शी अनुसन्धान, दोषीलाई छिटोभन्दा छिटो कानुनी कारबाही, घटना उजागर गर्न उच्चस्तरीय छानबिन समिति गठन, मधेशमा दलित समुदायमाथि भइरहेका हिंसात्मक घटनाहरूको समग्र अध्ययन र कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति र कानुनी संरक्षणको उल्लेख गरिएको छ ।

वैशाख १ गते राति घरबाटै बेपत्ता भएकी पूजाकुमारी राम भोलिपल्ट गाउँ नजिकैको एक स्थानमा मृत फेला परेकी थिइन् । उनकी आमा रामवतीले छोरीको बलात्कारपछि हत्या गरिएको आशंका व्यक्त गर्दै इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएकी थिइन् । सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले घटनाको अनुसन्धान चलिरहेको भए पनि अहिलेसम्म अपराधी नखुलेको बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार