अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ९, मंगलवार १५:३०

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य केपी ओलीले गुमाइसकेको बताउनुभएको छ ।

कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले लामो समयदेखि आन्दोलनरत शिक्षकसंग वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्ने काम गरेकाले प्रधानमन्त्रीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य गुमाइसकेको बताउनुभएको हो । देशभरका शिक्षकहरु सडक आन्दोलनमा आउदा पनि सरकारले कुनै तत्परता नदेखाउनु लाजमर्दो भएको उहाले बताउनुभयो ।

प्रचण्डले शिक्षकलाई अपमानीत गर्ने काम बन्द गरेर शिक्षकहरुको समस्या हल गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाले आफ्नो माग पुरा नभएसम्म धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरुलाई अपिल गर्नुभयो । एमालेबाटै शिक्षामन्त्री भएका विद्या भट्टराईले पदबाट राजीनामा दिएको विषयले सरकार गैरजिम्मेवार रहेको अर्को प्रमाण भएको उहाले बताउनुभयो । उहाले सहकारी, डाक्टर लगाएत सवै क्षेत्रका व्यक्तिहरु आन्दोलनका लागि सडकमा आउनुपर्ने अवस्थाले सरकार पूर्णत असफल भइसकेको दावी गर्नुभयो । प्रचण्डले केपी ओली नेतृत्वको सरकारको जन्म नै अलोकतान्त्रिक र असंवैधानिक भएकाले आफ्नै बोझका सकिने तर्क गर्नुभयो । त्यस्तै प्रचण्डले सच्चा कम्युनिस्टलाई एक बनाउने जिम्मेवारी आफूहरुकै काँधमा रहेको उल्लेख गर्नुभयो ।

उहाले कम्युनिष्ट एकता बलियो बनाउन एकैठाँउमा आउन अपिल गर्दै समाजवादी मोर्चामा अरुलाई पनि समेट्ने प्रयासमा रहेको बताउनुभयो । प्रतिक्रियावादी र अवसरवादीहरुले माओवादीलाई अपमानित गर्ने काम गरेको उल्लेख गर्दै प्रचण्डले प्रत्येक पटक माओवादी नयाँ ढंगले उठेर अघि बढिरहेको धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार