अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ९, मंगलवार १५:१०

जनकपुरधाम । किर्ते गरेको अभियोगमा सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह पक्राउ परेका छन् ।
साहले वर्तमान वडाध्यक्ष सुरेशकुमार यादवको हस्ताक्षर र वडा कार्यालयको छाप किर्ते गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । उनका अनुसार २०८० माघ १९ गते वडाध्यक्ष यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छापसमेत किर्ते गरी पूर्वअध्यक्षले चार किल्ला सिफारिस बनाएको भन्दै उजुरी परेको थियो । अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साह विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर गाँउपालिका–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा भने उनी एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा चुनाव लडेर पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार