अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ९, मंगलवार ११:५७

हैदारावाद, ९ बैशाख । कर्नाटकका पूर्व प्रहरी महानिर्देशक (डीजीपी) ओम प्रकाशको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमती पल्लवीलाई पक्राउ गरेको छ ।

त्यसपछि उनलाई अदालतमा पेश गरियो, जहाँबाट उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ  । मिडिया रिपोर्टका अनुसार मृतककी छोरीलाई पनि पक्राउ गरिएको छ ।

प्रहरी स्रोतका अनुसार घटनाका बेला ओमप्रकाश खाना खाइरहेका थिए । यसै क्रममा दुवैबीच झगडा भएको थियो । यति नराम्रो भयो कि श्रीमतीले उनको हत्या गरिन् । पल्लवीले पहिलो पटक ओम प्रकाश माथि खुर्सानीको धुलो हानेकी थिइन् । धुलोबाट मुक्ति पाउन अघि डीजीपी यता उता दौडिरहेको बेला पल्लवीले उनको घाँटी, पेट र छातीमा छुरीले १०–१२ पटक प्रहार गरिन् । यो घटनामा छोरी कृति पनि त्यहीँ रहेकी थिइन् ।

 

हत्यापछि पूर्व डीजीपीकी श्रीमतीले अर्का आईपीएस अफिसरकी श्रीमतीलाई  ‘राक्षस मारिएको छ’ भन्ने सन्देश दिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पछि पल्लवीले उनलाई फोन गरेर ओमप्रकाशको हत्या गरेको बताएकी थिइन । त्यसपछि आइपीएस अधिकारीले आफैंले प्रहरीलाई खबर गरेका थिए ।

 

छोरा कार्तिकेशको उजुरीमा पूर्व डीजीपीकी श्रीमती र छोरी कृतिविरुद्ध हत्याको मुद्दा दर्ता गरी पक्राउ गरिएको हो । कार्तिकेशले आफ्नी आमा पल्लवीलाई विगत एक सातादेखि बुवालाई मार्ने धम्की दिइरहेको जनाएका छन् । धम्कीका कारण बुबा जेठी बहिनीको घरमा बस्न गएको उनको भनाइ थियो ।

दुई दिनअघि कान्छी बहिनी कृति त्यहाँ गएर बुवाको इच्छाविपरीत फिर्ता ल्याएकी थिइन् । दुवैको बुवासँग बारम्बार झगडा हुन्थ्यो । यसअघि कार्तिकेशले एक टिभी च्यानललाई आमा पल्लवी गम्भीर मानसिक रोगबाट पीडित रहेको बताएका थिए । उनी १२ वर्षदेखि सिजोफ्रेनिया (भ्रम, डर डिसअर्डर) को उपचार गराइ रहेकी थिइन् ।

मिडिया रिपोर्टका अनुसार ओमप्रकाश र श्रीमती पल्लवीबीच सम्पत्तिलाई लिएर विवाद भएको थियो । ओमप्रकाशले आफन्तलाई सम्पत्ति हस्तान्तरण गरेका थिए । यही कारण दुवैबीच बारम्बार झगडा हुने गरेको थियो, जुन पछि झडपमा परिणत भएको थियो । र अन्ततः मृत्युसम्म हुने अवस्थामा पुग्यो ।

 

हत्यामा उनकी छोरीको हात छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । बेंगलुरुका अतिरिक्त पुलिस कमिश्नर विकास कुमारले भने कि पुलिसलाई हिजो साँझ करिब ४ बजे सेवानिवृत्त अधिकारीको मृत्यु भएको जानकारी प्राप्त गरेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार