२०८२ बैशाख ८, सोमबार १५:३४
एजेन्सी । पोप फ्रान्सिसको सोमबार बिहान निधन भएको छ । कार्डिनल केविन फेरेलले पोपको निधन भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
फेरेलले आफ्नो घोषणामा भनेका छन्, ‘रोमको स्थानीय समय अनुसार बिहान ७ः३५ बजे पोप फ्रान्सिसले अन्तिम श्वास फेरे । फ्रान्सिसको पूरा जीवन लर्ड र चर्चको सेवामा समर्पित थियो ।’





