अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ८, सोमबार १५:२९

जनकपुरधाम । जनमत पार्टीका निलम्बित उपाध्यक्ष तथा अनुशासन आयोगका प्रमुख दीपककुमार साहले पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ठगी प्रकरणमा पक्राउ गर्नुमा अध्यक्ष सीके राउतको हात रहेको भन्दै १० बुँदे खुलासा गरेका छन् ।
साहले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मधेश आश्रम नामको घर निर्माण सीके राउतकै योजनामा भएको र त्यस क्रममा करोडौं रकम उठाइएको भन्दै अहिले सोही प्रकरणमा यादवलाई पक्राउ गराइएको बताएका छन् ।
उनलाई समानुपातिकको सूचीमा राख्न ५० लाख मागिएको र सीके राउतको इमाडोलको घर बनाउन पनि मधेश लोट चले भन्ने नारासहित भ्रष्टाचार गरिएको आरोप विज्ञप्तिमा छ ।
सबै आर्थिक अनियमिततामा अध्यक्ष सीके राउतको संलग्नता रहेको भन्दै योजनाबद्ध षडयन्त्रको हिस्साअनुरूप सुरेन्द्र यादवलाई आर्थिक लेनदेनमा पक्राउ गरेर राउतको भ्रष्टाचार लुकाउन खोजिएको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार