अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ७, आईतवार १९:०३

जानकी नवमीको अवसरमा राष्ट्रिय विदा दिनुपर्ने मागसहित जनकपुरधामका सन्त समाजले संघ सरकारलाई आग्रह गरेका छन् ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको अगुवाइमा आइतबार जनकपुरधामको तुलसी स्मारकमा आयोजित पत्रकार सम्मेलनमा सन्त समाजले जानकी नवमीलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरी सार्वजनिक विदा दिनुपर्ने माग गरेका हुन् ।

महन्थ रामरोशन दासले जानकी माता नेपालकै छोरी भएको स्मरण गराउँदै, “संघ सरकारले अहिलेसम्म जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता नदिएकोमा दुःख लागेको“ प्रतिक्रिया दिए । उनले यस वर्ष पनि वैशाख २३ गते जनकपुरधामका विभिन्न मन्दिरहरूमा जानकी नवमी विशेष श्रद्धा र भव्यताका साथ मनाइने जानकारी दिए ।

उनले थप गर्दै भने, “जानकी नवमीको अवसरमा दिप प्रज्वलनसहित भव्य सांस्कृतिक तथा धार्मिक कार्यक्रमको आयोजना गरिनेछ, जसमा देशभरका श्रद्धालु भक्तजनहरूको सहभागिता रहनेछ ।” कार्यक्रमअन्तर्गत झाँकी प्रदर्शन, भजनकीर्तन, प्रवचन तथा सांस्कृतिक प्रस्तुतीहरू समेत समावेश गरिनेछ ।

सन्त समाजले यस पर्वको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारलाई ज्ञापनपत्र पठाउने तयारीसमेत गरिरहेको जनाएको छ । जनकपुरधामवासीहरूले समेत जानकी नवमीलाई नेपालकै गौरवको पर्व मानेर संघ सरकारले राष्ट्रिय विदा दिनुपर्नेमा जोड दिएका छन् ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार