अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ७, आईतवार १५:१९

काठमाडौं । नेकपा एमालेले बैशाख ११ लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रमको तयारीलाई तीव्र बनाएको छ ।

जनताले जितेको दिन युवा सेलिब्रेसन कार्यक्रम आयोजनाका लागि पार्टी महासचिव शंकर पोखरेलेकै नेतृत्वमा एमाले नेतृत्व परिचालित भएको छ । युवालाई लोकतन्त्र ल्याउनको लागि भएको बलिदान र यसको महत्त्व बारे जानकारी दिन विशेष कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमको समन्वयमा खट्नु भएका पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए।

सो क्रममा आज नेकपा एमालेबाट काठमाडौं उपत्यकामा निर्वाचन जितेका जनप्रतिनिधिहरूको भेला आयोजना गरिएको थियो । भेलालाई पार्टी महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय प्रमुख  भानुभक्त ढकाल लगायतले सम्बोधन गरेका थिए । भेलाले युवा सहभागिताका लागि विभिन्न योजना बनाएको छ ।

आजै सोही विषयमा केन्द्रित रहेर जनसंगठनका पदाधिकारीहरूको भेला पनि सम्पन्न भएको छ । भेलामा जनसंगठनको तर्फबाट युवा सहभागिताको विषयमा छलफल गरी योजना बनाइएको ढुङ्गेलले जानकारी दिए । भेलालाई पार्टी महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले सम्बोधन गरेका थिए ।

यसै बिच कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टीको उपत्यका कोर सिटी स्थानीय पार्टी नेतृत्वसँगको बैठक पनि गरिएको छ । बैठकलाई पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल लगायतले सम्बोधन गरेका थिए ।

बैशाख ११ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने कार्यक्रम सफल बनाउन पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको मुख्य टिम बनेको छ ।

त्यसै गरी, पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेल संयोजक रहेको सहजीकरण टिम बनाइएको छ । कार्यक्रममा देशभरिका पार्टी र जनसंगठन आवद्ध युवाहरूले सहभागिता जनाउने ढुङ्गेलले बताए ।  बैशाख ११ गते भृकुटी मण्डपमा नेपालका युवाहरूको वास्तविक अनुहार देखिने उनले दाबी गरेका छन ।

कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । युवा केन्द्रित कन्सर्टका साथै अन्य विशेष कार्यक्रम पनि आयोजना हुने ढुङ्गेलले बताए ।

‘अहिलेसम्म भएका भन्दा फरक कार्यक्रम हुने छ’, उनले भने ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार