अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ७, आईतवार ०९:०५

काठमाडौं, ७ बैशाख । विश्वलाई नै हल्लाइदिने अफ्रिकी देश डेमोक्रेटिक रिपब्लिक अफ कंगोबाट एउटा हृदयविदारक खबर बाहिर आएको छ ।

कंगो नदीमा काठको मोटरबोटमा आगलागी हुँदा भएको भयानक दुर्घटनामा परी हालसम्म १४८ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं अझै बेपत्ता छन् ।

डुंगा नदीको बीचमा रहेको र सयौं यात्रु सवार हुँदा यो दुर्घटना भएको हो । चबी कोंगोलो नामको डुङ्गाले मातानकुमु बन्दरगाहबाट बोलोम्बा क्षेत्रतर्फ यात्रा सुरु गर्दा यो दुर्घटना भएको हो। डुंगामा करिब ५ सय यात्रु सवार थिए ।

दुर्घटनाका क्रममा खाना पकाउने क्रममा चुलोबाट निस्केको बिष्फोटले आगो लागेर पूरै डुङ्गा जलेर नष्ट भएको थियो । आगो यति छिटो फैलियो कि यात्रुहरु निको हुने मौका पनि पाएनन् र केही मिनेटमै डुङ्गा पल्टियो ।

नदी सुरक्षा विभागका अधिकारी सक्षम लोयोकोका अनुसार डुङ्गामा खाना पकाउने क्रममा दुर्घटना भएको हो । आगलागीपछि यात्रुहरुबीच हताहत भएको र भिडियो फुटेजमा मानिसहरु आफ्नो ज्यान जोगाउन नदीमा हाम फालेको देख्न सकिन्छ । तर, दुर्भाग्यवश उनीहरुमध्ये धेरैलाई पौडी खेल्न नजान्दा डुबेर मृत्यु भएको हो । यस दुर्घटनाले विश्वलाई अफ्रिकी जल यातायातको कमजोर प्रणालीको झलक पनि देखाएको छ।

अफ्रिकाको दोस्रो सबैभन्दा लामो नदी मानिने कङ्गो नदीमा यस्तो डुङ्गाको यात्रा सामान्य मानिन्छ। तर प्रायः यी डुङ्गाहरूमा न त पर्याप्त सुरक्षा व्यवस्था छ, न आगलागीजस्ता आपत्कालीन अवस्थासँग जुध्ने तयारी नै। यही कारणले दुर्घटनाको परिमाण धेरै गुना बढेको हो । डुङ्गामा रहेका यात्रुमा महिला, बालबालिका र वृद्धवृद्धा पनि रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

उद्धार टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ । यो डरलाग्दो दुर्घटनाले विश्वलाई विकास र सुरक्षाको बीचमा कति असन्तुलन छ भनेर सोच्न बाध्य तुल्याएको छ, विशेष गरी जल यातायात जीवनको महत्त्वपूर्ण भाग भएका क्षेत्रमा।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार