जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिका–६, भक्राहामा बिहीबार चटयाङ लागेर एकजनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर एक कृषकको मृत्यु भएको पुष्टि भएको छ ।
मृतकको पहिचान कल्याणपुर नगरपालिका–८, मझौलिया कास्यस्थित वडा कार्यालयमा कार्यरत करिब ४५ वर्षीय कृषक बेचन रोहिताको रुपमा गरिएको छ । प्रारम्भिक जानकारी अनुसार उनी गहुँको खेतमा रहेको बेला चट्याङ परेको र घटनास्थलमै ज्यान गएको बताइएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।





