अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ४, बिहीबार १८:०६

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहकारी, वित्तीय तथा लघुवित्त र बैंक पीडितमाथि सरकारले शोषण गरिरहेको आरोप लगाएका छन् ।

वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ)को आह्वानमा जारी विभिन्न अभियानी संघ–संस्थाहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनले सरकारमाथि आरोप लगाएका हुन् ।

‘सरकार अभिभावक हुनुपर्छ तर उल्टो शोषण गरिरहेको छ । नेपाल सरकार र आयोजक संस्थाहरूबीच समय–समयमा भएका सम्झौताहरू हालसम्म पनि कार्यान्वयन भएका छैनन्,’ बिहीबार शान्तिबाटिकामा आयोजित कार्यक्रममा महतोले भने, ‘आलटाल गर्दै पीडितलाई झनै पीडित बनाउने गतिविधिले सरकारप्रतिको भरोसा दिन–प्रतिदिन कम हुँदै गएको छ ।’

सरकारले गरेका वाचाहरू पूरा नगर्ने प्रवृत्तिले नै सरकार र शासन व्यवस्थाप्रति नागरिकको विश्वास कम हुँदै गएको उनको भनाइ थियो ।

‘पीडितहरूको आँसु र रगतले सिँचिएको यो संघर्ष अब अलपत्र विश्वासको भरमा होइन, एकीकृत ढंगले अगाडि बढ्ने छ,’ अध्यक्ष महतोले भने ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार