अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ४, बिहीबार १५:२३

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने बताएका छन् । हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले फेरि सरकारमा गएर त्रुटि गर्ने पक्षमा आफू नरहेको बताएका हुन् ।

जनतामा फेरि माओवादीप्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने उनको भनाइ छ । ‘अहिले आम जनताले फेरि एकचोटि हाम्रो भरोसा माओवादी केन्द्रतिर, माओवादी नेतृत्वतिर र प्रचण्डतिर छ भनेर भावुक बनेर आउने हजारौं हजारको संख्या जुन देख्यौं । त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ । सरकारमा चाहिँ ०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा दृढता पैदा भएको छ । सरकारमा जान हतार गरेको होला भन्ने लाग्न सक्छ । बिल्कुल होइन,’ उनले भने ।

कुर्सीका लागि आफू जे पनि गर्न तयार नरहेको अध्यक्ष दाहालको भनाइ छ । उनले भने, ‘हामी अब फेरि त्रुटि गर्ने पक्षमा छैनौं । यदि कुर्सी प्राप्तिका लागि जे पनि गर्ने भए मेरो कुर्सी जाने वाला नै थिएन । म कांग्रेस वा एमालेको समर्थन प्राप्त गरिराख्न सक्थे । यदि मैले भ्रष्टाचारविरुद्धको अभियान छोडिदिएको भए । राज्यको जमिन कब्जा गर्ने भूमाफियाहरूलाई छोडिदिएको भए । या केही भ्रष्टाचारीहरुलाई संरक्षण गर्न अगाडि बढेको भए मेरो सरकार ढल्नेवाला नै थिएन । ’

माओवादीले व्यवस्थाका लागि लडेका वर्ग र समुदायमा जान ढिला भइसकेको महसुस भएको समेत बताए । उनले अभियानका क्रममा आफूहरूले विगतमा बाटो बिराएको र अहिले ठीक बाटोमा हिँडिरहेको आत्मविश्वास रहेको बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार