अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ४, बिहीबार १२:२६

एजेन्सी । वैज्ञानिकहरूले भारतको भौगर्भिक भविष्यबारे चिन्ताजनक चेतावनी जारी गरेका छन् । भारतीय प्लेट अब दुई भागमा विभाजित हुँदैछ भनेर भूगर्भविद्हरूले संकेत गरेका छन् । यसले भविष्यमा देशमा भूकम्पको सम्भावना बढाउन सक्ने बताइएको छ ।
अमेरिकाको जियोफिजिकल युनियनमा यससम्बन्धी एउटा अनुसन्धान प्रतिवेदन छापिएको पनि छ । यसमा भारतीय प्लेट अब ‘डिलेमिनेशन’ नामक नयाँ भूगर्भीय प्रक्रियाबाट गुज्रिरहेको बताइएको छ ।
डिलेमिनेशन एक भूगर्भीय प्रक्रिया हो, जसमा टेक्टोनिक प्लेटको तल्लो भाग पृथ्वीको आवरणमा छिर्छ । यस अवधिमा प्लेट भित्र ठाडा दरारहरू उत्पन्न हुन्छन् । जसले यसको स्थिरतालाई असर गर्न सक्छ । यो प्रक्रियाले प्लेटहरूको संरचना परिवर्तन गर्न सक्छ र त्यस क्षेत्रमा भूकम्पजस्ता प्राकृतिक प्रकोपहरूको सम्भावना बढाउन सक्छ । विगत ६ करोड वर्षदेखि युरेशियन प्लेटसँग ठोक्किँदै आएको भारतीय प्लेट अब नयाँ चरणमा प्रवेश गरेको वैज्ञानिकहरूको विश्वास छ ।
यो खोज यस अर्थमा पनि महत्त्वपूर्ण छ कि यसले भारतमा हुने भूकम्पको गम्भीरता र प्रकृति बुझ्न मद्दत गर्नेछ । तिब्बती झरनाहरूमा भूकम्पीय तरङ्गहरू र हेलियम आइसोटोपहरूको विश्लेषण गरेपछि आफूहरू यो निष्कर्षमा पुगेको दाबी वैज्ञानिकहरूले गरेका छन् । यस क्रममा इन्डियन प्लेटभित्र एउटा ठाडो दरार भेटिएको थियो । यसबारे पहिला वैज्ञानिकहरूलाई थाहा थिएन ।
‘महादेशहरूले यस्तो खालका व्यवहार गर्न सक्छन् भनेर हामीले कहिल्यै कल्पना गरेका थिएनौँ । यो पृथ्वी विज्ञानको लागि निकै मौलिक खोज हो,’ युट्रेक्ट विश्वविद्यालयका भूगर्भशास्त्री डुवे भ्यान हिन्सबर्गन भन्छन् ।
यो खोजले यो कुरालाई प्रमाणीत गरिदिएको छ कि प्लेटको सतहको मोटाई र विशेषताहरू अलग अलग त हुन सक्छन् नै यसले टेक्टोनिक परिवर्तनहरूलाई असर गर्ने आन्तरिक प्रक्रियाहरू पनि धेरै छिटो परिवर्तन गर्न सक्छ भनेर उनले भनेका छन् । यो कुरा बुझ्न अत्यन्तै गाह्रो भएको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार