अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ४, बिहीबार ११:४६

सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुकी भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र सरकारको कामबारे समीक्षा भएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले सत्ता सञ्चालनका विषयमा कांग्रेस र एमालेबीच कुनै समस्या नरहेको बताउनुभयो ।

बाहिर जुन ढङ्गले कुरा आइरहेको छ, त्यस्तो कुनै समस्या नभएको दुई शीर्ष नेतासहितको बैठकमा सौहार्दपूर्ण  र सकारात्मक कुराकानी भएको जानकारी दिनुभयो ।

सरकारको कार्यशैली र गठबन्धनको विषयमा उठेका विभिन्न विषयहरुलाई साझा संवादबाट टुङ्गो लगाउने समझदारी भएको छ ।

सत्तारुढ दलकै नेताहरुले सरकार र प्रधानमन्त्रीको कार्यशैलीबारे आलोचना गरिरहेको भन्दै बैठकमा कुरा भएको थियो ।

गृहमन्त्री लेखकले शिक्षकको माग चाँडो सम्बोधनका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले संसदको आगामी अधिवेशनबाट शिक्षासम्बन्धी विधेयक टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संयन्त्रका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार