अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ३, बुधबार १४:०६

काठमाडौं । नयाँ शैक्षिकसत्रमा शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका बेला शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७ बुँदे निर्देशन जारी गरेको छ ।

शिक्षा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, उपलब्धिमूलक, विश्वसनीय र सेवाग्राहीमैत्री बनाउन भन्दै केन्द्रले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै निर्णय कार्यान्वयन गर्न भनेको छ ।

नयाँ शैक्षिकसत्र कार्यान्वयन गर्ने मुख्य सरोकारवाला शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

केन्द्रले जारी गरेको परिपत्रमा एक शैक्षिकसत्रका लागि २२० दिन रहेको भनिएको छ । तर चैत २० देखि शिक्षकहरू आन्दोलनमा छन् । नयाँ शैक्षिकसत्र सुरु भएको पनि तीन दिन भइसकेको छ । तर शिक्षक र सरकारबीच सहमति भएको छैन ।

सरकारले आन्दोलन रोकेर विद्यालय फर्किन भने पनि शिक्षकहरुले मानेका छैनन् । यहीबेला विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न, निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति तथा शुल्क, प्रारम्भिक बाल शिक्षा लगायतका विषयमा सरकारले सात बुँदे निर्देशन जारी गरेको छ ।

हेर्नुहोस् शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको परिपत्र–

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार