अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ३, बुधबार १३:५५

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणको ढल्केवर ग्रिडको विभिन्न उपकरणमा आगलागी हुँदा आज बिहानदेखि धनुषा र महोत्तरी जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । शुरुमा सर्लाही जिल्लाको पनि विद्युत अवरुद्ध भएको थियो तर त्यहाँ मरम्मत गरी अर्को फिडबाट लाइन सुचारु भएको जानकारी नेपाल विद्युत प्राधिकरणको प्रादेसिक कार्यालय प्रमुख शम्भु कुसियैतले मोडेल खबरलाई दिएका छन् । ढल्केवर ग्रिडमा मरम्मत कार्य बिहान साढे ८ बजेदेखि भइरहेकोले आज साँझसम्म दूबै जिल्लामा लाइन सुचारु हुने उहाँले जानकारी दिनुभयो ।

आज बिहान साढे ७ बजे ढल्केवर ग्रिडमा केबुल, ब्रेकर, mसिटी लगायत विभिन्न उपकरणमा विद्युत सर्ट भइ आगलागी भएको छ ।

आगलागी एक घण्टामै नियन्त्रणमा आएको थियो । प्राधिकरणको प्रादेसिक कार्यालय प्रमुख कुशियैतका अनुसार आगो नियन्त्रणमा आउना साथ सरम्मत कार्य शुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार