काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा घरजग्गा कारोबारबाट ३३ अर्ब २२ करोड ४८ लाख ७८ हजार रुपैयाँ राजस्व उठेको छ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी चैतमा राजस्व उठेको भूमि व्यवस्थापन तथा विभागले जनाएको छ ।
विभागका अनुसार चैतमा मात्रै ४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार रुपैयाँ राजस्व उठेको हो । यस्तै सबैभन्दा कम राजस्व कात्तिकमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार रुपैयाँ उठेको छ ।
विभागले सेवा कर, रजिस्ट्रेसन दस्तुर, अतिरिक्त शूल्क, डोर सुविधा, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क। मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क, नारायणी तथा राप्ती सभ्यतालगायत शीर्षकमा राजस्व उठाउँदै आएको छ । पुँजीगत लाभकरबापत उठ्ने राजस्व मात्रै संघ सरकारको खातामा जाने विभागले जनाएको छ ।
घरजग्गा कारोबारबाट कुन महिना कति उठ्यो राजस्व ?
साउन ३ अर्ब ८३ करोड ५० लाख
भदौ ३ अर्ब ९ करोड २ लाख
असोज ३ अर्ब ८ करोड १२ लाख
कात्तिक २ अर्ब ७० करोढ ४० लाख
मंसिर ३ अर्ब ८७ करोड ४८ लाख
पुस ४ अर्ब २५ करोड २२ लाख
माघ ३ अर्ब ८७ करोड २४ लाख
फागुन ४ अर्ब १२ करोड
चैत ४ अर्ब ३९ करोड ४६ लाख





