अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २, मंगलवार १७:०६

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा-एमाले)का इमानदार नेताकार्यकर्ताले नेताहरूको कुकर्मलाई स्वीकार नगर्ने टिप्पणी गरेका छन्।

आजपा केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौँमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सीलाई एमाले र कांग्रेसबाट खतरा रहेको बताएका हुन्।

‘नेपाली कांग्रेस र नेकपा एमालेका इमानदार कार्यकर्ताहरूले नेताहरूको कुकर्मलाई स्वीकार्दैनन्। नेताहरूको लुट, भ्रष्टाचार तपाईँकै पार्टीका नेताकार्यकर्तालाई बढी थाहा छ,’अध्यक्ष साहले भने, ‘अत्याचारविरुद्ध गठित पार्टी जहाँ मदन भण्डारी, बीपी कोइरालाको विचार प्रवाहित भइरहेको छ। त्यो पार्टीले नेताहरूको कुकर्मलाई कदापी स्वीकार्दैनन्।’

सिंहदरबारबाट भ्रष्ट नेताहरूले कुर्सी खाली गरे मात्रै मुलुकले अहिलको संकटबाट निकास पाउने उनको भनाइ छ।

‘हामीले पटक-पटक भनेका छौँ, तपाईँहरूले कुर्सी छोड्नु। सिंहदरबार खाली गर्नुस्। नेताहरू मालामाल भए, जनता लचार भए। यदी तपाईहरूले कुर्सी छोड्नु भएन भने जनताले लतारेर निकाल्छन्,’ उनले भने, ‘तपाईँहरूको पार्टीमा हजारौं कार्यकर्ताहरू पनि छन्, जसले तपाईहरूको लुट, भ्रष्टाचार पनि हेरिरहेका छन्। उनीहरूले पनि तपाइँलाई छोड्नेवाला छैनन्।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार