अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २, मंगलवार १३:४६

अहिले देशभरको मौसममा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मध्याह्न काठमाडौं उपत्यकासहित देशका केही स्थानमा घाम लागिरहेको छ।

कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था छ।

 

मंगलबार दिउँसो ताप्लेजुङ, ओखलढुंगा, जिरी, पोखरा लगायतका सहरमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

 

मंगलबार धनगढीमा सबैभन्दा बढी तापक्रम (३७ डिग्रीसम्म) पुग्ने सम्भावना रहेको महाशाखाले बताएको छ। त्यस्तै सबैभन्दा कम तापक्रम मंगलबार राति जिरीमा (चार डिग्रीसम्म) पुग्ने देखिन्छ।

 

मौसमविद् विनोद पोखरेलले मंगलबार र बुधबार वर्षाको सम्भावना कम रहेको बताएका छन् । उनले बिहीबारदेखि आइतबारसम्म धेरै ठाउँमा वर्षा हुने प्रक्षेपण गरेका छन्।

 

अहिले देशका तराई र पहाडी भेगहरूमा गहुँ बाली भित्र्याउने बेला भएको छ। त्यस्तै दलहन र तेलहन बाली पनि भित्र्याउने तयारी किसानहरूले गरिरहेका छन्।

 

अर्को साताको सोमबारदेखि वर्षाको सम्भावना घट्ने भएकाले त्यपछि मात्रै भित्र्याउन उपयुक्त हुने बताएका छन्। ‘गहुँ बाली भित्र्याउने सोचमा हुनुहुन्छ भने कि आज र भोलि नत्र अर्को हप्ता राम्रो देखिन्छ,’ उनले भनेका छन्।

जल तथा मौसम विज्ञान विभागले पनि मंगलबार र बुधबार रातिपख उघ्रिएजस्तो हुने, बिहान घाम लाग्ने र दिउँसो पानी पर्ने सम्भावना औंल्याएको छ।

विभागका अनुसार बिहीबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार