अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २, मंगलवार १२:०१

सरकारले शिक्षकहरुको माग पूरा गर्न आलटाल गरेसँगै नेपाल शिक्षक महासंघले जारी आन्दोलनलाई झन् कडा बनाउने निर्णय गरेको छ । चैत २५ गतेदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल गर्दै काठमाण्डु केन्द्रित धर्ना प्रदर्शन गरिरहेको शिक्षक महासंघले आन्दोलनलाई कडा बनाउँदै कक्षा १२ को परीक्षा समेत बहिष्कार गर्ने घोषणा गरेको छ ।

वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुने तालिका माध्यमिक परीक्षा बोर्डले सार्वजनिक गरिसकेको छ । शिक्षक हड्तालको कारण गत महिनाको पहिलो हप्ता सम्पन्न भएको एसईई परीक्षाको उत्तरपुस्तिका जाँच्ने कार्य समेत रोकिएको छ । वैशाखको पहिलो हप्तामा शिक्षकहरुको आन्दोलन नटुंगिए चालु शैक्षिक वर्षको कैलेण्डर प्रभावित हुने बताइन्छ ।

 

 

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन अवधिभर कुनै प्रकारका शैक्षिक कार्यक्रममा सहभागी नहुने बताएका छन् । ‘ऐन जारी नभएसम्म सडकमै रहने र त्यसका लागि महिना वा वर्ष दिन कुर्नुपरे पनि कुर्ने छाँै’ उनले भने, ऐन जारी नभएसम्म काठमाण्डुका सडक छाड्ने छैनाँै । आफूहरूलाई घर पठाउने जिम्मा पनि सरकारकै हातमा रहेको सुवेदीले बताए । महासंघले जिल्ला तथा घरमा रहेका शिक्षक कर्मचारीलाई काठमाण्डुमा आउन सर्कुलर जारी गरेको छ ।

 

महासंघका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने, अन्य क्रियाकलापमा सहभागी हुने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी भइरहेको जनाएका छन् । माग पूरा नहुँदासम्म आन्दोलनको मोर्चाबाट भाग्ने सुविधा नरहेको उनले बताए । राजधानी केन्द्रित आन्दोलन १३ दिनदेखि जारी छ ।

 

सरकारसित भएको वार्तामा सहमति हुन नसकेपछि महासंघले आन्दोलनलाई झन चर्काउने तयारी गरेको छ । सरकारले आन्दोलनकारी शिक्षकहरुलाई आगामी आर्थिक वर्षमा थप बजेट उपलब्ध गराउने र ऐन संशोधन पनि गर्ने प्रतिवद्धता जनाएको छ । तर शिक्षकहरुले विगतमा भएको सम्झौताको कार्यान्वयन हुनुपर्ने अडानमा दृढ छन् । ‘बाहिरबाट अरू शिक्षक–कर्मचारी साथीलाई पनि बोलाऔँ ’सुवेदीले भने, आन्दोलन बलियो बनाउनुको बिकल्प रहेको छैन ।

‘अब एउटा मात्र बाटो छ, जसले हाम्रो जित सुनिश्चित गर्छ,’ उनले भनेका छन् ,अन्तिम चरणको लडाईमा सबै एकजुट भएर अघि बढ्छौँ । शिक्षकहरूले आन्दोलनलाई थप चर्काउँदै लगिरहेका बेला सरकारले भने नयाँ शैक्षिक सत्र तथा विद्यार्थी भर्ना अभियान अगाडि बढाएको छ । विद्यार्थी भर्ना अभियानको अग्रमोर्चामा रहेका शिक्षकहरूको अनुपस्थितिमा सरकार अघि बढ्न खोजेको हो ।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार कक्षा १ मा भर्ना हुने बालबालिकाको संख्या ७६.३ प्रतिशत, आधारभूत तहको कुल भर्ना दर १२८ प्रतिशत, खुद भर्ना दर ९४.१ प्रतिशत र माध्यमिक तहको खुद भर्ना दर ५५.८ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार