अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १, सोमबार १२:५५

पर्सा । जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरको मुख्य सहरी क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । शनिबार राति साढे ७ बजे देखि लगाइएको कफ्र्यु आइतबार मध्यराति १२ बजे अन्त्य भएलगत्तै स्थानीय प्रशासनले यो निषेधाज्ञा जारी गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार राति सूचना जारी गर्दै वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तर गण्डक चोक र दक्षिण शंकराचार्य गेट भित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन् । यसै क्षेत्रको दायरामा यसअघि कफ्र्यु लगाइएको थियो ।
सूचनामा शान्ति सुरक्षाको अवस्थाको विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको र सम्बद्ध पक्षहरुसँगको आइतबारको सर्वपक्षीय बैठकमा भएको निर्णय समेतको आधारमा साबिकको कफ्र्यु आदेशलाई निरन्तरता दिइरहन नपर्ने देखिएकोले आइतबार राति १२ बजेदेखि कफ्र्यु आदेश हटाइएको उल्लेख छ ।
साथै परिस्थिति पूर्णरुपमा सामान्य भइनसकेको अवस्थालाई मध्यनजर गरी सोमबारदेखि अर्को आदेश नभए सम्मका लागि कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क ) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार