अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १, सोमबार ०८:३७

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुनमा प्रजातन्त्र दिवसमा बोलेको विषय सच्याएका छन् । आइतबार नयाँ वर्ष २०८२ सालको अवसरमा एक भिडियो सन्देश जारी गर्दै आफ्नो अभिव्यक्ति सच्याएका हुन् । हरेक समस्याको समाधान संवाद,समन्वय,सहमति र सहकार्यबाट अघि बढ्नुपर्ने बताए ।

उनले भनेका छन्, ‘हाम्रा आह्वान हामी कसैको निजी स्वार्थ पूर्तिका निमित्त होइन कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन समग्र जनताको स्वाधीनता सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले वास्तवकि लोकतन्त्रमा जनगुनासो सुन्नुपर्ने बताए । संसार धेरै अघि बढिसकेको भन्दै नेपाल आमालाई केन्द्रमा राखेर कदम चल्नुपर्ने बताए । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए ।

‘नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा बाद हुँदैन वास्तविक प्रजातन्त्र जहाँ हुन्छ त्यहाँ राम्रो नराम्रो जनगुनासो वा गुनगान परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं,उनले भनेका छन्,जुन जागरुकता पैदा भएको छ २०८२ सालमा त्यस अनुसारको परिणाम हासिल हुने विश्वास लिएका छौं ।’

उनले राष्ट्रिय समस्या समाधानका लागि विगतमा आफूले त्याग गरेको र अब पनि त्याग गर्न तयार रहेको भन्दै ‘राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम गर्न’ आफूलाई साथ दिन आह्वान गरेका थिए ।

‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ,’ पूर्वराजा शाहले जारी गरेको १० मिनेट २७ सेकेन्डको भिडियो सन्देशमा भनिएको थियो, ‘अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार